Saturday, June 11, 2011

रामदेवको सम्पत्ति ४ अर्व ३७ करोड

जेष्ठ २६, भारत,
भ्रष्टाचार विरोधी अभियान चलाएर चर्चामा आएका भारतीय योगगुरु रामदेवले आफ्ना विभिन्न प्रतिष्ठानहरुको कूल सम्पत्ति सार्वजनिक गरेका छन्।


हरिद्वारमा सम्पत्ति सार्वजनिक गर्दै उनले आफू संलग्न रहेका दिव्य योग मन्दिर, पतञ्जलि योगपीठ, भारत स्वाभिमान ट्रष्ट र आचार्य कुल शिक्षा संस्थान समेतको हालको पूँजी ४ अर्व ३७ करोड भारतीय रुपिया रहेको बताएका छन् । विगत १६ बर्षमा यी संस्थाहरुबाट कूल ११ अर्व ७७ करोड रुपिया आम्दनी भएको र त्यसमध्ये २ अर्व ४९ करोड च्यारिटीमा खर्च भएको बताइएको छ । उनले सार्वजनिक गरेको विवरणमा केही बर्षको अन्तरालमा सबैभन्दा बढी आम्दानी भएको देखाइएको छ । सन् १९९५मा दिव्ययोग मन्दिरमा सम्पत्ति १३ हजार १९ रुपिया रहेकोमा सन २०१० मा २ अर्व २० करोड पचासलाख भएको बताइएको छ । उनले आफ्ना सबै संस्थाहरु आर्थिक रुपमा अत्यन्तै पारदर्शी ढंगले चलेको दावी गरेका छन् । अनशन बसेपछि सत्तारुढ काँग्रेसी सरकारका बरिष्ठ मन्त्रीले रामदेवलाई आफ्नो सम्पत्तिवारे पहिले स्पष्ट हुन दवाव दिँदै आएका थिए ।

No comments:

Post a Comment